पाकिस्तानले खसाल्यो भारतीय ‘जासुसी’ जहाज

असार ३१, काठमाडौँ – पाकिस्तान आफ्नो आकाशमा जासुसी गर्न आएको एउटा मानवरहित जहाजलार्इ गोली हानेर खसालिदिएको दाबी गरेको छ। पाकिस्तानले आफ‍नो भूमिमा जासुस गर्न पसेको मानवरहित ‘ड्रोन जहाज’ लार्इ बुधबार गोली हानेर खसालिदिएको समाचार सार्वजनिक गरेको हो ।

कश्मिरको पाकिस्तान नियन्त्रणमा क्षेत्रमा पसेको सो मानवरहित जहाजलार्इ पाकिस्तानी अधिकृत कश्मीर (पीओके) मा खसालिएको हो । जहाज खसालिएको घटनाको भारतले भने खण्डन गरेको छ । उसले यो घटनालार्इ झुटो भनेको छ ।