पहिरोका कारण मकवानको सिस्नेरीमा बाटो अवरुद्ध

असार ३१, काठमाडौँ – पहिरोका कारण मकवानको सिस्नेरमा बाटो अवरुद्ध भएको छ । हेटौंडा–भीमफेरी–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडकखण्ड लगातारको वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको हो ।

सिस्नेरी–३ भालटारमा बुधबार राति पहिरो गएपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाटो अवरुद्ध भएपछि यो बाटो भएर हेटौंडा–काठमाडौं ओहोर दोहोर गर्ने निजी तथा भाडाका साना गाडी चल्न सकेका छैनन् । बाटोमा खसेको पहिरो हटाउने काम भैरहेको प्रहरीले जनाएको छ ।