संविधानसभाबाटै राजीनामा दिनसक्छु : सभासद राणाको चेतवानी

असार ३०, काठमाडौं –  नेपाली कांग्रेसका सभासद आरजु राणा देउवाले संविधानको प्रारम्भिक मस्यौदामा वंशजको आधारमा नागरिकता दिने प्रावधानमा संशोधन गरिएन भने आफुले संविधानसभाबाट राजीनामा दिनसक्ने बताएकीछिन ।
संविधानसभाका अधिकाँश सदस्यहरु महिला अधिकार र समानताका पक्षमा नरहेको बताउदै राणाले भनिन्(प्रारम्भिक मस्यौदालाई संशोधन गर्न सकिएन भने अब बन्ने संविधानमा पनि महिला समानताको सुनिश्चित हुने छैन ।
आज ईमेज एफएमसंग कुरा गर्दै सभासद राणाले भनिन्(संविधानसभामा अब कुनै नैतिकता छैन भन्ने लाग्न थालेको छ , मैले यसो भनिरहदा सभामुखले निष्काशन गरे भने पनि तयार छु।
मुलुक अझै पनि पितृसत्तात्मक व्यवस्थामा रहेकाले यसलाई चिर्न अब आमजनता जाग्नु पर्ने राणले बताईन ।
सबै नेताहरु महिला अधिकारका नाममा घण्टौ भाषण गर्न सक्छन तर कानुन बनाएर अधिकारसम्पन्न बनाउने कुरामा सधै पछाडि हड्छन् ,योभन्दा दुःखको कुरा के हुन सक्छू, राणाले भनिन् ।
संविधानसभामा रहेका महिला सभासद एक हुन नसकेका कारण संविधानमा महिला अधिकारको ग्यारेण्टी गराउन गाह्रो भएको उनले बताईन।