सडक निर्माण गर्दा ढुङ्गा खसेपछि रसुवाका यातायात सेवा अवरुद्ध

असार ३०, रसुवा –  रसुवाको सानो भार्खुदेखि ठुलो स्याफ्रुसम्म निर्माण भैरहेको सडक खन्ने क्रममा ठुला ठुला ढुङ्गा झर्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीयले बताएका छन् । सडक निमार्णको चरणमा डुङगाहरू सडकमा झरेपछि यातायात सेवा समेत अवरूद्ध भएको थियो । सडकमा झरेका ढुङ्गाहरू पन्छाएर साना यातायात सञ्चालन गरिए पनि ठुला सवारीका साधन चल्न नसकेको स्थानीय कविन राईले बताउनुभयो । निमार्णको चरणमा ढुङ्गाहरू झरेसँगै स्थानीयवासी भने त्रसित भएका छन् । स्याफ्रु गाविस–४ सानोभार्खु स्थित बाह्रघुम्ती क्षेत्र बढि प्रभावित भएको छ । आज विहानसम्म पनि ठुला यातायातका साधन भने चल्न सकेका छैनन् ।