प्रचण्डले सोधे ! लिपुलेखको कुरा के हो ?

असार ३०, काठमाडौँ – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दिल्लीमा राजनीतिक भेटघाटमा व्यस्त छन्।

बुधबार अपरान्ह सबा एक बजे प्रचण्डले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरी संविधान लेखन तथा नेपालको राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन्।
भेटमा प्रचण्डले नेपालमा छिटै संविधान जारी हुन लागेको जानकारी गराउँदै त्यसमा भारतको सहयोगको अपेक्षा राखेका थिए।
भारत,चीन र नेपालका वीचमा त्रिदेशीय रणनीतिक साझेदारीको विकास, भारत र चीन वीच भएको सम्झौतामा उल्लेख गरिएको लिपुलेकलगायतका विषय प्रचण्डले उठाएका थिए। भारतीय विदेशमन्त्री स्वराजले नेपालमा सबै पक्षलाई समेटेर छिटै संविधान बनोस् भन्ने भारतीय चाहना रहेको बताएकी थिइन्।
भेटमा दुई पक्षीय हित र सम्बन्धका बारेमा कुराकानी भएको बताइएको छ। यसअघि प्रचण्डले भारतीय विदेशसचिवसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपति प्रवण मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम भए पनि समय अझै निर्धारण भएको छैन । भारत सरकारको निम्तमा प्रचण्ड मंगलबार दिल्ली पुगेका हुन् ।