पहिरोमा पुरिएकाको ३ जनाको सकुशल उद्दार

 

असार ३०, पर्वत –  बर्षाले पर्वतको नाग्लीवाङमा पहिरो जाँदा पहिरोमा पुरिएका ३ जनाको प्रहरीले लामो प्रयासपछि सकुशल उद्दार गरेको छ । नाग्लीवाङ ४ गिरगिरेमा रोजे दमाईको घर पहिरोले पुरिदा ३ जना झण्डै २ घण्टा पहिरोमा पुरिएका थिए । उद्दार गरिएकामद्ये २ जनाको अवस्था केहि गम्भिर रहेकाले उपचारका लागी जिल्ला अस्पतालमा पु¥याईएको छ । त्यस क्षेत्रमा अन्य ४ घर समेत पहिरोको जोखिममा परेको स्थानीयबासीले बताएका छन् ।