लागुऔषध गाँजा सहित रौतहटमा तीन जना पक्राउ

असार ३०, काठमाडौं –  रौतहटमा लागुऔषध गाँजा तस्करीमा बालबालिकाको पनि प्रयोग गर्न थालेको पाईएको छ । ईलाका प्रहरी कार्यालय गरुडा रौतहटले हिजो साँझ अवैध लागुऔषध ८ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना बालिका र एक जना महिला रहेको पहरीले जनाएको छ । मङगलवार साँझ ७ बजे चपुरबाट सदरमुकाम गौरतर्फ गईरहेको ना २ ख १५३४ नम्बरको बसमा चेक जाचको क्रममा गाँजा सहित मकवानपुर भादपा ७ का ४३ वर्षिया पवित्रा प्रजा, सोहि गाउँका १३ वर्षिया सर्मिला चेपाङ र १६ वर्षिया चिप प्रजालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पक्राउ परेका तिनै जनाले १ किलो गाँजामा २ हजार रुपैया पाउने सहमतिले गाँजा तस्करी गर्न लागेको प्रहरी समक्ष बयान दिएका छन् । नेपाल भन्दा भारतमा गाँजा बिक्रि गर्दा बढि आम्दानी हुने भएकाले तस्करहरु रौतहटको गौर नाका भएर भारत जाने गरेका छन् ।