यस वर्षको बजेट माथि एमालेको आपत्ती

असार ३०, काठमाडौं –  नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । विहान ९ बजे बस्ने बैठकमा सरकारको तर्फबाट हिजो प्रस्तुत भएको बजेट प्रति असहमती जनाउँदै आधिकारीक धारणा बनाउँने भएको छ ।
पुर्ननिमार्ण बाहेक पुरानै कार्यक्रमलाई लक्षित गरेर सार्वजनीक गरेको बजेट प्रति सत्तारुढदल एमालेले भने आपत्ती जनाएको छ । बजेट कांग्रेसले एक पक्षिय, असन्तुलित र अब्यवहारिक रुपमा प्रस्तुत गरेको भन्दै एमाले आपत्ती जनाएको हो । सत्तारुढ घटकलाई पाखा लगायर कांग्रेसले एकलौटी रुपमा बजेट सर्वाजनीक गरेको भन्दै आज आधिकारीक धारणा निकाल्ने जनाएको छ ।
सरकारले यस वर्षको लागी ८ खर्ब १९ अर्ब ४० कारोड बजेट हिजो सार्वजनीक गरेको छ ।