नाईजेरियाका तीनवटै सेना प्रमुख बर्खास्त

असार २९, काठमाडौं – नाईजेरियाका राष्ट्रपति मुहमदु बुहारीले देशका तीनवटै सेना प्रमुख बर्खास्त गर्नुभएको छ । नाईजेरियाको स्थल सेना, जलसेना तथा हवाई सेनाले बिद्रोही समुह बोको हरामलाई नियन्त्रण गर्न नसकेको भन्दै तीनवटै सेना प्रमुखलाई पदबाट बर्खास्त गरिएको हो । राष्ट्रपति बुहारीले नयाँ सेना प्रमुखमा टुकुर युसुफ बुराटी र राष्ट्रिय सुरक्षा सल्लाहकारमा बाबागाना मोङ्नोलाई नियुक्त गर्नुभएको छ । दुबैजना ईस्लामिक विद्रोही समुह बोको हरामको उद्गमस्थल बोर्नो राज्यका निवासी हुनुहुन्छ । सुरक्षा प्रमुखमा नयाँ नियुक्तिसँगै नाईजेरियाको ईस्लामिक अतिवाद परास्त हुने दावी गरिएको छ । नाईजेरियामा पछिल्लो केही साता बोको हरामले गरेको शृङ्खलाबद्ध छापामार आक्रमणमा २ सय ५० जनाले ज्यान गुमाएका छन् ।