एमाओवादी संसदीय दलको बैठक बस्दै

असार २९, काठमाडौं – एकीकृत नेकपा माओवादी संसदीय दलको बैठक बस्दैछ । अहिले बिहान संसदीय दलको कार्यालयमा सिंहदरबारमा बस्ने बैठकमा संविधान निर्माण प्रक्रियामा देखिएको त्रुटी सच्याउन पार्टीले खेल्ने भूमिका, नागरिकको सुझाव संकलनका क्रममा पार्टीका तर्फबाट राख्ने विषयमा छलफल हुनेछ । धेरै कुरा पार्टीले राखेको नपरेकाले सुझाव संकलनमा जाँदा पार्टीका तर्फबाट केही राख्ने वा सामान्य सझाव मात्रै माग्ने भन्नेमा छलफल हुने एमाओवादी सभासद अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । पार्टी नेतृत्वले सुझाव संकलनमा जाने सभासदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दिल्ली भ्रमणको एजेण्डा र उद्देश्यका विषयमा पनि सभासदहरुलाई जानकारी गराउनुहुनेछ ।