फ्री भिसा र फ्री टिकटको निर्णय

असार २९, काठमाडौं – सरकारले मलेसिया र खाडीका ६ मुलुकमा फ्री भिसा र फ्री टिकटको निर्णय गरेपछि आन्दोनलमा उत्रिएका म्यानपावर ब्यवसायीहरु आफैमा विवाद चर्किएको छ । म्यानपावर ब्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार ब्यसवायी संघको नवनिर्वा्चित पदाधिकारीहरुले पदभार ग्रहण गरेलगत्तै ब्यवसायीहरु कार्यालय बन्द गरी सडकमा उत्रिएका छन् ।
संघको नयाँ नेतृत्वमा नेपाली कांग्रेस आवद्ध नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवारी दिएका विमल ढकाल निर्वा्चित भएका थिए । उनी निर्वा्चित भई पदभार ग्रहण गरेको दिन असार २१ देखि सरकारले सात मुलुकमा फ्री भिसा र फ्री टिकटको निर्णय गरेपछि संघले नै आन्दोलनको अगुवाई गर्दै आएको छ ।
ढकालको नेतृत्वमा भएको आन्दोलन उठ्न नसकेको र आम जनतामा म्यानपावर ब्यवसायीप्रति नै अविश्वास बढेको भन्दै नेतृत्वको आलोचना हुन थालेको हो ।
यसैविच मलेसिया र ६ खाडी मुलुकमा फ्री भिसा र फ्री टिकटमा कामदार पठाउन सरकारले गरेको निर्णयका पक्षमा पुनरावेदन अदालत पाटनले फैसला सुनाएको छ । वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष बिमल ढकालले पेश गरेको रिटमा अन्तरिम आदेश जारी गर्नुनपर्ने अदालतले निर्णय सुनाएको हो ।