आज २०२ औँ ‘जन्म जयन्ती, विविध कार्यक्रमगरी मनाईदै

असार २९, काठमाडौं –  आदिकवि भानुभक्त आर्चायको आज २०२ औँ ‘जन्म जयन्ती मनाईदै छ । आज देश भित्र र देश बाहिरका नेपालीहरूले आदिकवि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन् ।
आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुन् । वि.स. १८७१ असार २९ गते तनहुँ चुँदी रम्घामा जन्मिएका भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो। उहाँका बधुशिक्षा, प्रश्नउत्तरी, भक्तिमाला, रामगीता लगायतका कृतिहरु सदावहाररुपमा चर्चामा छन्।
भानु जयन्तीकै सन्दर्भमा आज मुलुकभर विभिन्न कवि गोष्ठीहरुको आयोजना हुँदैे छ भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले पनि राष्ट्रिय चाडको रुपमा मनाउने गरेका छन् ।
यस्तै संस्कृत भाषामा रहेको रामायाणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीको मनमा बस्न सफल भानुभक्तको परिचय भने मोतिराम भट्टले गराउनुभएको थियो । उहाँले रामायण बाहेक नेपाली साहित्यका थुप्रै बाङ्मयको क्षेत्रमा कलम चलाउनुभएको थियो ।