सरकारले आगामि आर्थिक वर्ष २०७२/७३ को बजेट आज सार्वजनीक गर्दै

असार २९, काठमाडौं – सरकारले आगामि आर्थिक वर्ष २०७२/७३ को बजेट आज सार्वजनीक गर्दै छ । राष्ट्रिय योजना आयोगले तोकेको सिलीङ अनुसार सरकारले बजेट सार्वजनीक गर्ने भएको हो । अर्थमन्त्रि डा. रामशरण महतले यस वर्ष पुननिमार्णलाई जोड दिँदै ८ खर्ब ४१ अर्बको बजेट सार्बजनीक गर्नु हुने भएको छ ।

आगामी बजेट पुनःनिर्माण केन्द्रित हुने बुझिएको छ । भोली प्रस्तुत गरीने बजेटको अन्तीम रुप दिने तयारी भने आज गरीएको छ । बजेट मार्फत कर्मचारी प्रशासनको तलब भत्ता पुनरावलोकन गर्ने भएको छ । तलब भत्ता वृद्धी गर्ने र पुननिमार्णमा ठुलो रकम परिचालन गर्नु पर्ने स्थीती आए पनि पुजिगत विकास खर्च भने नघट्ने जनाईएको छ ।