प्रचण्डको मनोमानी सुटुक्क दील्ली भ्रमण

असार २९, काठमाडौं – संविधानबारे नागरिकसँग सुझाव लिन सभासद्हरू निर्वाचन क्षेत्रमा खटिइरहेका बेला एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार एक साताका लागि भारत भ्रमणमा जाँदै हुनु हुन्छ ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भ्रमणका बेला दाहालले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूसँग संविधानका विषयबारे पनि छलफल गर्ने कार्यक्रम तए भएको छ ।
अध्यक्ष दाहाल अपरान्ह सवा ४ बजे दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । त्यहाँ उहाँले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज लगायतसँग भेटघाट र छलफल गर्नु हुने छ् । अन्य भारतीय बुद्धिजिवीहरूसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमम पनि रहेको दाहालका स्वकीय सचिव चुडामणी खडकाले जानकारी दिनु भएको छ ।
दाहालले नेपाल भारत र चीनको त्रिदेशिय साझेदारी तथा हालै चीन र भारतबीचको ‘लिपुलेक सम्झौता’बारे पनि दाहालले कुरा उठाउनु हुने जानईएको छ् । त्रिदेशीय साझेदारीको बिषय आफूले पनि उठाउदै आएकाले त्यसमा जोड दिने दाहालले उल्लेख गरेका छन् । नेपालको समेत भूमि रहेको लिपुलेकबारे भारत र चीन ले गरेको सम्झौता सच्चाउने पर्ने माग नेपालमा भइरहेको छ । यसबिषयमा पनि दाहालले सरकारी उच्च अधिकारी र बुद्धिजिवीहरूसँग कुरा जनाइएको छ ।