प्रमुख दलका शिर्षनेताहरु आज झापा जाँदैै

असार २८, काठमाडौँ – पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला स्मृति सभागृह शिलन्यासका लागि प्रमुख दलका शिर्षनेताहरु आज झापा जाँदैै हुनुहुन्छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार जान लाग्नु भएको हो ।

जिल्ला विकास समिति झापा मातहतमा बन्न लागेको पूर्वप्रधानमन्त्री कोईराला स्मृति सभागृह शिलन्यासका लागि उहाँहरु अहिले बिहान साढे १० बजे झापा पुग्नु हुने कार्यक्रम छ । जग्गाको छनौटका सम्बन्धमा लामो विवादपछि प्रस्तावित सभागृह निर्माणका लागि झापाका राजनीतिक दलबीच गत बिहिबार सहमति भएपछि व्यवसायिक भवनसहितको सभागृहको शिलन्यास गर्न लागिएको हो ।
चन्द्रगढीको विद्युत् प्राधिकरण कार्यालय पूर्वको खाली जमिनमा प्रस्तावित सभागृहको स्थानका बिषयमा एक महिना यता कांग्रेस बाहेकका दलले आपत्ती जनाउँदै आएका थिए । राजनीतिक दलबीच खाली जमिनको दक्षिणतर्फबाट निर्माण गर्ने सहमति भएको नेपाली कांग्रेस झापाका सभापति उद्धब थापाले बताउनु भयो ।