आगामि आर्थिक वर्ष २०७२/७३को बजेटबजेट भोली आउँदै

असार २८, काठमाडौँ – सरकारले आगामि आर्थिक वर्ष २०७२ ७३को बजेट राष्ट्रिय योजना आयोगले तोकेको सिलीङ भित्रै रहेर निमार्ण गर्ने भएको छ । अर्थ मन्त्रिलय स्रोत परिचलन समितीको बैठकले आगामि बर्षको बजेट आयोगले निर्धारण गरेको ८ खर्ब ४१ अर्ब भित्रै रहि सार्बजनीक गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार भोली २९ गते अर्थमन्त्री डा. रामशरण महतले संसदमा आर्थिक वर्षको बजेट पेश गर्ने जनाईएको छ । आगामी बजेट पुनःनिर्माण केन्द्रित हुने बुझिएको छ । भोली प्रस्तुत गरीने बजेटको अन्तीम रुप दिने तयारी भने आज गरीएको छ । बजेट मार्फत कर्मचारी प्रशासनको तलब भत्ता पुनरावलोकन गर्ने भएको छ । तलब भत्ता वृद्धी गर्ने र पुननिमार्णमा ठुलो रकम परिचालन गर्नु पर्ने स्थीती आए पनि पुजिगत विकास खर्च भने नघट्ने जनाईएको छ ।