समझदारी गर्न छलफल तीव्र

असार २८, काठमाडौँ –संविधानको पहिलो मस्यौदामाथी सुझाव तथा राय संकलनका लागि संविधानसभाका सदस्य तथा संसद सचिवालयका कर्मचारीहरु जिल्ला पुगेका छन् । आज जिल्लाका केही ठाउँमा छलफल र अन्तरक्रिया राखिएको छ । नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति आज काठमाण्डुमा पनि अन्तरक्रिया गर्दैछ । विभिन्न पेशागत संगठन र सरोकारवालाहरुको सुझाव लिन समितिले दिउँसो विषेश अन्तरक्रिया गर्ने बताएको छ । २ बजे संविधानसभा भवनमा हुने कार्यक्रममा सुझाव मागिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो ।

यसैबीच आज जिल्ला जाने सभासदहरुको कार्यविधिका विषयमा टुङ्गो लाग्ने भएको छ । २ सय ४० निर्वाचन क्षेत्रमा अन्तरक्रिया र सार्वजनिक सनुवाईका लागि जाने सभासदहरुको कार्यविधी आज तय गर्न छलफल राखिएको गौतमले बताउनुभयो । उहाँका अनुसार समानुपातिक र मनोनित सभासदले रोजेको क्षेत्रमा जान पाउनेछन् भने प्रत्यक्ष निर्वाचित सभासदले आफ्नो क्षेत्रमा जानुपर्ने कार्यविधी तय गरिएको छ ।