खेल वर्षाले अवरुद्ध भएपछि नेपाल अंक बाँड्न बाध्य

असार २७, काठमाडौँ – विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेटको नेपालको दोस्रो खेल अवरुद्ध भएपछि नेपाल नामिबियासंग अंक बाध्य भएको छ । नर्दन आयरल्याण्डको बेलफास्टमा शनिबार वेलुकी भएको खेल वर्षाले पटक पटक अवरुद्ध भएपछि दुबै टोलीले एक एक अंक बाँडेका हुन् । टस भए लगतै पानी पर्न थालेपछि खेल झण्डै डेढ घण्टा ढिलो सुरु भएको थियो । खेलमा नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको थियो ।

नाबिमियाले ७ ओभर मात्रै व्यािटङ गरेको अवस्थामा फेरी पानी परेपछि खेल रोकिएको थियो । यसपछि १७ ओभरमा घटाएर खेल पुन: शुरु गरिए पनि फेरी पनि वर्षाले अवरुद्ध भयो । जुन समय नामिबियाले ७ दशमलव ४ ओभरमा १ विकेट गुमाएर ६१ रन जोडेको थियो ।

यसपछि खेल सुरु हुन नसकेपछि दुबै टोली अंक बाँड्न बाध्य भएका हुन् । यो खेलपछि समूहका दुई खेलबाट ३ अंक जोडेको नेपाल अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

नेपालले आफ्नो तेस्रो खेलमा सोमबार आयरल्याण्डसँग खेल्नेछ ।