अभिमत सङ्कलन गर्न संविधानसभा सचिवालयका कर्मचारी गाउँगाउँमा

असार २७, काठमाडौँ – संविधानको प्रारम्भिक मस्यौदामा जनताको अभिमत सङ्कलन गर्न संविधानसभा सचिवालयका कर्मचारी गाउँगाउँमा पुगेका छन् ।

मुलुकका ७५ वटै जिल्लाका दुई सय ४० निर्वाचन क्षेत्रमा आगामी साउन ४ र ५ गते आयोजना हुने बृहत् अन्तरक्रिया एवम् सुझाव सङ्कलन बैठक सम्पन्न गर्न सचिवालयका कर्मचारी संविधानको पहिलो मस्यौदा र राजपत्र लिएर गाउँ पसेका हुन् ।
राजधानीबाट हिजो ४१ वटा सुझाव सङ्कलन टोली बाहिरिएको र आज हिमाली भेगतर्फ अन्य टोली प्रस्थान गर्ने कार्यक्रम रहेको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले बताउनुभयो । प्रत्येक टोलीमा दुई जना कर्मचारी खटिएका छन् ।