काभ्रेको महादेवटारमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्य

असार २७, काभ्रे – काभ्रेकोमा जस्ता बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । बनेपाबाट काभ्रेको महादेवटारका लागि छुटेको बा ३ ख १८९ नम्बरको जस्ता बोकेको आयसर ट्रक उकालोमा ओभरलोडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा महादेवटारका ५० वर्षका ठुलाबल तामाङ र ५३ वर्षका काजिमान मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते मध्ये गम्भीर अवस्थाका दुई जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । अरु ६ जनाको भने धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।