व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

असार २७, काठमाडौँ – व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । आज बस्ने बैठकमा बाँकी रहेका सभासदले आफ्नो भनाई राख्न सकिए पछि सरकारले संसदमा जबाफ दिने भएको छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा सभासदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री सुशील कोइरालाले दिनु हुने भएको हो । हिजो नै जवाफ दिईने भनिए पनि सरकारको तयारी नपुगेका कारण आज अपरान्ह बस्ने बैठकमा जबाफ दिने तयारी भएको छ ।
सरकारले नीति तथा कार्यक्रमका विषयमा उठेका प्रश्नहरुको जबाफ दिए पछि यो बर्षको बजेट सार्वजनीक हुने छ । सरकारले आर्थिक वर्ष २०७२ र ७३ को वाषिर्क बजेट असार २९ गते सार्वजनिक गर्ने तयारी गरेको छ ।
सभामुख सुवास चन्द्र नेम्वाङले बजेट असार २९ गते पेश गर्ने जानकारी सरकारले गराएकोे बताउँनु भएको छ । २८ गते सार्वजनीक हुने भनीएको बजेट एक दिन ढिला हुँदा सभासदहरु जनमत संकलनका लागि जाने दिन पनि सरेको छ ।
बजेट पेश भएर पेश्की बजेट पारित गरेपछिमात्र सभासदहरु जिल्ला जान पाउने भएकाले साउन १ गतेमात्र उनीहरु निर्वाचन क्षेत्रहरुमा परिचालित हुने भएकाछन् ।