संघियता टुङ्गो लगाउन दलहरुबीच छलफल

असार २७, काठमाडौँ – संघियता टुङगो लगाउँन सर्वोच्च देखि राष्ट्रपति तथा सभामुख सम्मको दबाब बढ्न थाले पछि दलहरुले छलफल सुरु गरेका छन् । संघियतासहितको संविधान ल्याउने गरि दलहरुले छलफल सुरु गरेका हुन् ।
दलहरु आन्तरीक छलफलमा जुटेका हुन । प्रदेशको सीमांकन र नामांकनको जिम्मा आयोग र प्रादेशिक सभालाई दिने गरी संविधानको प्रारम्भिक मस्यौदा तयार गरेका दलमाथि संघीयताको मुख्य पक्ष सीमा र नाम यही संविधानसभाबाट टुंगो गर्न दबाब परेको छ । नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलले दलहरुबीच सीमालाई टुङ्गो लगाउने गरि छलफल सुरु भएको बताउनुभयो । संविधानको मस्यौदा संसोधन हुनुअघि नै विवाद मिलाउनेमा प्रयास भइरहेको उहाँले बताउनुभयो ।
औपचारिक रुपमा प्रमुख दलको बैठक बसाउने गरि शीर्ष नेताहरुबीच पनि अनौपचारिक कुराकानी भइरहेको उहाँको भनाइ छ । राष्ट्रपति रामवरण यादवले अस्ति र सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले हिजो संविधान जारी हुँदासम्म सीमांकनको विवाद मिलाउने सुझाव दिनुभएको थियो । दलहरुबीच जेठ २५ गते पहिचानका ५ र सामथ्र्यका ४ आधारमा ८ प्रदेश निर्माण गर्ने सहमति भएको थियो ।