मुर्रेलाई पराजित गर्दै फडेरर फाइनलमा,उपाधीका लागि जोकोभिजसँग भिड्ने

असार २६, काठमाडौँ – एण्डी मुर्रेलाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै विश्व नम्बर २ रोजर फेडेरर बेलायतमा जारी विम्वल्डन टेनिस प्रतियोगिताको उपाधी नजिक पुगेका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार राती भएको खेलमा फेडेररले सन् २०१३ का विजेता मुर्रेलाई ३–० को सेटमा पराजित गरे । पहिलो र दोश्रो सेट टाईब्रेकरमा ७–५ र ७–५ ले जितेका फेडेररले अन्तिम सेट ६–४ ले आफ्नो पक्षमा पारेका थिए । ३४ वर्षका फेडेररले पुन आफु लयमा फर्किएको प्रमाणित गरेका छन् ।

घरेलु दर्शक सामु उत्कृष्ट खेल खेलेपनि फेडेरर सामु निरिह बनेका मुर्रेले यसअघि सन् २०१३ मा नोभाक जोकोभिजलाई पराजित गर्दै पहिलो पटक विम्वल्डनको उपाधी जितेका थिए ।

यस्तै शुक्रबार रातीनै भएको खेलमा फ्रान्सको रिचार्ड गास्कोटलाई पराजित गर्दै विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिज विम्वल्डन टेनिसमा लागतातार तेश्रो पटक फाइनलमा प्रवेश गरेका छन् ।डिफेण्डिङ च्याम्पियन जोकोभिजले गास्कोटको चुनौती ७–६, ६–४ र ६–४ को सेटमा पन्छाए । अष्ट्रेलिया बाहिर पछिल्ला ७ ग्राण्ड स्लामको फाइनल पुगेका जोकोभिजले एक मात्र उपाधी जितेका छन् । जुन उपाधी गत वर्षको विम्वल्डनको फाइनल हो । फाइनलमा जोकोभिजले फेडेररलाईनै पराजित गरेका थिए । जोकोभिजले उपाधीको लागि आइतबार फेडेररसँग प्रतिस्पर्धा गर्नेछन् ।