टि- ट्वेन्टी विश्वकप छनौटमा नेपालले आज नामिबियासँग खेल्दै

असार २६, काठमाडौं – ट्वेन्टी ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा अमेरिकालाई हराउँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको नेपाल आजको खेलमा पनि जित निकाल्दै विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ ।

ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल र नामिवियाको भेट पहिलो पटक हो । तर जारी प्रतियोगितामा नेपाल नामिवियाभन्दा केहि बलियो देखिएको छ । यसअघि नेपालले डिभिजन टु मा नामिबियालाई ३ विकेटले पराजित गरेको थियो ।
नामिविया हिजो आएरल्याण्डसँग ७ रनले पराजित भएको थियो । नेपालले भने अमेरिकालाई ६ विकेटले हराएको थियो ।नेपाल र नामिविया विचको खेल बेलुकी ७ बजे सुरु हुनेछ ।