गगन थापालाई बाबुरामको ‘धन्यवाद’

 

असार २४, काठमाडौँ – एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले कांग्रेस नेता गगन थापाको प्रशंसा गरेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा थापाले लेखेको लेख प्रति भट्टराईले धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले थापालाई धन्यवाद दिएका हुन् । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डामा साथ दिनु भएकोमा गगनजीलाई धेरै धेरै धन्यवाद !’ उनले लेखेका छन् ।
उनले आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा लड्दा लड्दै सहमति वा बहुमत जुटाउन नसकेर अन्त्यमा फरक मत राखेर संविधान निर्माण प्रक्रिया अघि बढाउन बाध्यभएको भन्दै उनले यो मुद्दामा आउन कांग्रेस एमालेलाई आव्हान गरेका छन् ।
‘हामी त यो अत्यन्त महत्वपूर्ण मुद्दामा लड्दा लड्दा सहमति वा २र३ बहुमत जुटाउन नसकेर अन्त्यमा फरक मत राखेर संविधान निर्माण प्रक्रिया अघि बढाउन बाध्य भयौं।’ उनले लेखेका छन्, ‘अझै पनि आउनोस् कांग्रेस र एमाले भित्रका साथीहरु, यो मुद्दामा सहमति जुटाएर प्रत्यक्ष कार्यकारी सहितको नयाँ संविधान जारी गरौं१ नत्र भोलिको पुस्ताले हामीलाई धिक्कार्नेछ । ’

baburaam