राष्ट्रपतिसँग चार दलको छलफल

असार २५, काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेताहरुसँग शुक्रबार छलफल गरेका छन् ।

राष्ट्रपति यादवले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई शीतल निवासमा बोलाएर संविधानको प्रारम्भिक मस्यौदाका विषयमा छलफल गरेका हुन् ।

त्यसक्रममा संविधान निर्माणलगायतका अन्य समसामयिक राजनीतिक विषयमासमेत छलफल भएको जनाइएको छ ।