बोक्सीको सिद्धि प्राप्त गर्न बच्चालाई बलि !

असार २३, काठमाडौँ – कुनै भाकल तथा मनको इच्छा पूरा गर्न पशुको बलि दिइने गरिन्छ । तर, रौतहटमा बोक्सीको सिद्धि प्राप्त गर्न भन्दै नाबालकलाई नै बलि चढाइएको घटना सार्वजनिक भएको छ । सुन्दै आङ सिरिङ हुने यो घटनामा बोक्सीको ज्ञान प्राप्त गर्न तीन वर्षको बालकलाई काटेर पुजा गरिएको छ ।

बोक्सीको पाठ सिक्न भन्दै बालकलाई काटेर बलि दिने रौतहटक समनपुर–८ बस्ने महादेवी भन्ने महावादेवी यादव र सोही ठाउँ बस्ने बोक्सीका गुरु मानिएका छविलाल राय हुन् । छविलाले बोक्सीको ज्ञान दिन नाबालकको बलि दिनुपर्ने भनेपछि महादेवीले तीन वर्षको भान्जाको हपहरण गरेर काटेको जनाइएको छ । नाबाकलको टाउको छिनाएर बलि दिने दुई जनालाई पुनरावेदन अदालत हेटौडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । झाँक्रीबाट बोक्सीको सबै पाठ सिक्न भन्दै तीन वर्षको बालकलाई बलि दिनेलाई अदालतले सोमबार जन्मकैदको फैसला गरेको हो । राजधानी