दोस्रो अभ्यास खेलमा नेपाल पराजित

असार २२, काठमाडौं – विश्वकप ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगिताको दोस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ । भर्खरै सकिएको खेलमा नेपाल यूएईसंग २० रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरको खेलमा ७ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । वर्षाका कारण खेल १८ ओभरमा झारिएको थियो ।

८५ रनको लक्ष्य लिएर मैदान उत्रेको यूएईले लक्ष्य चुम्न मात्र ४ रन बाकि रहदा पुन पानी परेपछि यूएई डि एल मेथड बाट यूएई बिजयी भयो । पानी पर्दा यूएईले १४ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८१ रन बनाएको थियो ।

यूएईलाई जिताउन फेजान अफिजले २४ रन, मोहम्मद शाहजादले १३ , रन बनाए भने अजमद अलि २३ र उमेर अलिले १६ रन बनाए ।

नेपालका जितेन्द्र मुखिया र सागर पुनले समान १-१ विकेट लिए ।

यसअघि नेपालका लागि शरदले सर्वाधिक नटआउट ३८ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरीले समान १३- १३ रन बनाए। कप्तान पारस खड्का ५ रन बनाएर आउट भए। सोमपाल कामीले नटआउट ७ रन बनाए। सुवास खकुरेल,सागर पुन र राजेश पुलामी १ रनमा आउट भए। विनोद भण्डारी शून्यमा आउट भए। ओपनर सुबाश खाकुरल र सागर पुन पनि १ रन मै आउट भएका थिए। युएईका लागि मोहमद साहजाद र मञ्जुला गुरूजेले २-२ तथा मोहम्मद नाभिद, अम्जाद जावेदले १-१ विकेट लिए।

यसअघि, सोमबारको ओमानविरुद्धको पहिलो खेल वर्षाले रद्द भएको थियो । बिहीबारदेखि सुरु हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।