उदयपुरको पूर्वी भेगबाट सन्चालन हुने यातायातका साधन दुई दिनदेखि ठप्प

असार २२ , काठमाडौं – उदयपुरको पूर्वी भेगबाट सन्चालन हुने यातायातका साधन दुई दिनदेखि ठप्प बनेका छन् ।
दुई यातायात व्यवसायीहरुको विवादका कारण सार्वजनिक यातायातका साधन चल्न नसकेका हुन् । यातायात सञ्चालन नहुँदा यस भेगका यात्रु मारमा परेका छन् ।
सगरमाथा यातायात संघ र पूर्वी हिमाली यातायात संघको विवादका कारण जिल्लाका बेल्टार, बसाहा र रामपुरबाट कुनै सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।
पूर्वी हिमाली यातायातले सप्तरीको फत्तेपुर र उदयपुरको बेल्टारमा शाखा कार्यालय खोलेर यातायात सञ्चालन गर्न लागेपछि सगरमाथा यातायात संघले विरोध गर्दा दुई संघबीच वि