नेपालले आज युएईसँग खेल्दै

असार २२, काठमाडौं – नेपाली टोलीले आज टी–ट्वेन्टी विश्वकप छनौट खेलका लागि युएईसँग खेल्दैछ । आयरल्याण्डमा रहेको नेपाली टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा युएईसँग खेल्न लागेको हो ।
आएरल्याण्डको स्टोरमोन्टमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपालले यसअघि हिजो ओमनसँग अभ्यास खेल खेलेको थियो । ओमानसँगको खेल वर्षाका कारण विचमै रद्द भएको थियो । यस्तै युएईले पनि हिजो आयरल्याण्डसँग अभ्यास खेल खेल्ने तय भएपनि वर्षाका कारण खेल सुरुनै हुन सकेन् ।
पर्सी देखि सुरु हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपाल समुह ए मा रहेको छ भने युएई समुह बिमा रहेको छ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।