आइएस विरुद्ध अमेरिकी कारवाही तिब्र

असार २२ , काठमाडौं – सिरियामा इस्लामिक स्टेटबीरुद्ध हवाई आक्रमण अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तीब्र बनाएको छ ।
अमेरीकी राष्ट्रपति बराक ओबामाले सिरियामा स्थानीय शक्तिलाई मद्दत गरेर इस्लामिक स्टेटलाई हराउन सकिने बताउनुभएको छ । ओबामाले हवाई आक्रमण तेल र ग्याँस उत्पादन केन्द्रमा हुने र जसको मद्दतबाट उनीहरुले पैसा पाउने बताउनुभयो ।
यसैबीच चरमपन्थी संगठन इस्लामिक स्टेटका लडाकुले राक्का नजिकैकौ ऐन ईसा कुर्द सेनाबाट पुनः कब्जामा लिएका छन् ।