आज र भोली देशैभरी निरन्तर रुपमा भारी वर्षा हुने

असार २२ , काठमाडौं – आज र भोली देशैभरी निरन्तर रुपमा भारी वर्षा हुने मौसम पुर्व अनुमान माहाशाखाले जनाएको छ । नियमित वर्षा हुने औँल्याउँदै सर्वसाधारणलाई सम्भावित प्रकोपप्रति सतर्क रहन आग्रह गरेको छ। महाशाखाले दुई दिनसम्म देशभर वर्षा हुने, सुदूरपश्चिमका केही स्थानमा नियमित र भारी वर्षाको समेत सम्भावना औंल्याएको हो । यसले बाढीपहिरोको खतरा बढ्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई अपिलसमेत गरिएको छ।

यहीबीच, भारतीय मौसम पूर्वानुमान केन्द्रले पनि पाँच दिनको मौसम चेतावनी बुलेटिन प्रकाशित गर्दै नेपालस“ग सीमा जोडिएका सबै राज्यमा आगामी शुक्रबारसम्मै भारी र अत्यधिक वर्षाको अनुमान गरेको छ र, सम्भावित प्रकोपबाट बच्न आफ्ना नागरिकलाई सचेत गराएको छ
महाशाखाको विशेष बुलेटिनअनुसार सुदूरपश्चिमका नौ जिल्ला र तीनको आसपास, मध्यपश्चिम र मध्यनेपालमा नियमित हुने वर्षाले बाढीपहिरोको सम्भावना रहेको पनि उल्लेख गरेको छ। हिजो देखि संक्रिय भएको नसुन आज झन धेरै सक्रिय हुनेर भोली सम्म रहेने जनाइएएको छ ।