नेपाल र ओमानबीच अभ्यास खेल हुँदै

images (1)

असार २१, काठमाडौं – ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटको तयारीमा रहेको नेपालले सोमबार ओमानसँग अभ्यास खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे आयरल्याण्डको बेलफास्टमा हुनेछ ।
आउँदो बिहीबारदेखि सुरु हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अघि दुई अभ्यास खेल खेल्न पाउने प्रावधान अनुसार नेपालले अभ्यास खेल खेल्न लागेको हो । नेपाल र ओमानबीच यसअघि एसिसी ट्वेन्टी–ट्वेन्टी तीन खेल भएको जियो । जसमा नेपालले दुईमा जित निकालेको थियो । नेपालले मंगलबार युएईसँग अभ्यास खेल खेल्नेछ ।
आउँदो बिहीबार अर्थात जुलाई ९ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा नेपाल समुह एमा छ ।
नेपालले ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटको आफ्नो पहिलो खेलमा जुलाई १० मा अमेरिकासँग खेल्नेछ । त्यस्तै जुलाई ११ मा नामिबिया, जुलाई १३ मा आयरल्याण्ड, जुलाई १५ मा हङकङ, जुलाई १७ मा पपुवा न्युगिनी र जुलाई १८ मा जर्सीसँग खेल्नेछ ।