दोलखामा ४.३ रेक्टर स्केलको पराकम्प

images

असार २१, काठमाडौं – सोमबार बिहान भूकम्पको पराकम्प गएको छ । बिहान १० बजेर ४८ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो सोमबार गएको एक मात्र पराकम्प हो । यसअघि आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा दोलखानै केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् । ठुलो भूकम्प गएपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत भने रहन केन्द्रले आग्रह गरेको छ ।