फिजीले बनायो नयाँ कीर्तिमान, ९० मिनेटमा ३८ गोल

070515-Soccer-Fiji-Flag-PI-JE.vadapt.955.high.0

असार २१, काठमाडौं – फिजीले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल अन्तरको जितको नयाँ कीर्तिमान कायम गरेको छ । फिजीले आइतबार भएको खेलमा फेडरेटेड स्टेट अफ माइक्रोनेसियालाई ३८–० को जित निकाल्दै नयाँ कीर्तिमान बनाएको प्यासिफिक गेम्सका आयोजकले बताएका छन् ।
फिजीले पहिलो हाफमा नै २१–० को अग्रता लिएको थियो । जिफीका एन्टोनियो टुइभुना एक्लैले १० गोल गरे । दोस्रो हाफमा जिफीले थप १७ गोल गर्दै ३८–० को जित निकालएको हो । यसअघि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल अन्तरको जितको कीर्तिमान अस्ट्रेलियाको नाममा थियो ।
अस्ट्रेलियाले सन् २००१ मा अमेरिकन समोआलाई ३१–० ले पारजित गर्दै कीर्तिमान कायम गरेको थियो । उसले सन् २००२ को विश्वकपका लागि भएको ओसियन कन्फेडेरेशन क्वालिफायरमा समोआलाई ३१–० ले पराजित गरेको हो । अस्ट्रेलियाले बनाएको यो कीर्तिमान औपचारीक रुपमा तोडिने नतोडिने भन्ने यकिन भएको छैन ।
फिजी र काइक्रोनेसियाबीचको खेल २३ वर्षमुनिको उमेर समुहको प्रतियोगिता भएकाले फिफाले यसलाई मान्यता कीर्तिमानको मान्यता दिने नदिने स्पष्ट पारिसकेको छैन । काइक्रोनेसिया पहिलो खेलमा पनि टहिटीसँग ३०–० ले पराजित भएको थियो । १८ जुलाइसम्म चल्ने प्यासिफिक गेम्समा २४ वटा प्यासिफिक आइल्याण्ड देशको सहभागिता छ