दिपक र दीपाको छोरो अब आउनेछैनन् तितो सत्यमा

dipak-ko-status-358x300असार २०, काठमाण्डौ – लोकप्रिय हास्यश्रृंखला ‘तितो सत्य’मा वर्षौंदेखि देखिँदै आएका बाल कलाकार आगामी श्रृंखलाबाट देखिने छैनन् । उनी हुन् दीपक र दिपाले नजन्माएका छोरा ‘राज’ आचार्य । उनी अब आगामी श्रृंखलामा नआउने निर्देशक तथा कलाकार दिपकराज गिरीले पुष्टि गरेका छन् ।

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै दिपकले भनेका छन्, ‘हामीले नजन्माएको तर हाम्रो छोरो अब उसलाई तीतो सत्यमा देख्न पाउनु हुने छैन ।’
राज उच्च शिक्षा हासिल गर्न शुक्रबार नै भारत प्रस्थान गरिसकेको दिपकले बताएका छन् । उनी चार्टर एकाउन्टेन पढ्नको लागि भारत गएका हुन् ।
दिपकले स्ट्याटसमा लेखेका छन्, ‘बहुमुखी प्रतिभाशाली राज तिमीलाई म , दीपाजी तीतो सत्यका लाखौं दर्शकले मिस गर्ने छौं ‘।।’
राजले एसएलसीमा ९१ प्रतिशत अंक ल्याई उत्तीर्ण गरेपछि थप अध्ययनका लागि भारत गएका हुन् । उनी कक्षा ३ मा अध्ययन गर्दादेखि तितो सत्यमा अभिनय गर्दै आएका थिए ।
दिपकले राजलाई सम्झँदै लेखेका छन्, ‘‘तर भोलि देखि तीतो सत्यको सेटमा हाम्रा आँखाहरूले तिमीलाई यता उता खोजिरहने छन्। कहि केहि नभए जस्तो, केहि हराए जस्तो‘। केहि नपुगे जस्तो
तर तिम्रो लक्ष्य हाम्रो ममता भन्दा धेरै गुणा महत्वपूर्ण छ। तिम्रो भबिष्य अनि देशले पाउने भोलिको एक सक्षम सिएलाई हाम्रो पुत्रप्रेमले रोक्न सक्दैन ।