काठमाडौंमा भएका दुर्घटनामा दुईजनाको मृत्यु

असार २१, काठमाडौं – काठमाडौंमा आइतबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । राति साढे २ बजे बा २६ प ४७६७ नम्बरको मोटरसाइकल नैकापको सडकमा बसेको चौपायसँग ठोक्किँदा चालक वनस्थलीका ३० वर्षका सुजन धमलाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौंको वाफलमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार ज्यान गुमाउने महिलाको सनाखत हुन सकेको छैन