जंगली च्याउ खाँदा दाङमा ५० जना विरामी

musrum

असार २०, दाङ — जंगली च्याए खाएर मानपुर –३ जद्राहा गाउँका झन्डै ५० जना जति गाउँले विरामी भएका छन् ।

हिजो दिउँसो तुलसीपुर नगरपालिका हजवार अन्तरगतको कालाखोला जंगलमा पात टिप्न गएका उनीहरुले जंगली च्याउ घरमा ल्याई पकाएर खाएपछि विरामी परेको जद्राहा गाउँका स्थानिय विराज चौधरीले जानकारी दिनुभएको हो ।
उहाँले आफनो घरका मात्रै चार जना विरामी परेको जानकारी दिनुभयो । विराज चौधरीले आफनो परिवारले जंगलबाट ल्याएको च्याउ पानीमा उमालेर मात्रै खाएकाले आफनो परिवारका सदस्य कम विरामी परेको जानकारी पनि दिनुभयो ।
यसैबीच अंचल अस्पतालमा अहिले पनि बघ्रौरे कान्छाको घरका पाँच जनाले उपचार गराइरहेको जानकारी विराज चौधरीले दिनुभएको छ । यसैबीच गंभिर प्रकृतिका विरामी झन्डै २० जनाको भने कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सबै विरामीहरुको स्वास्थ्य अवस्था सुधार आएको अस्पतालले जनाएको छ