विद्युत आपूर्ति नियमित नभएपछि परासी बन्द

PENTAX Image

असार २०, नबलरासी – नवलपरासीमा विद्युत आपूर्ति नियमित नभएपछि आक्रोशित स्थानीयवासीले सदरमुकाम परासी बन्द गराएका छन् ।

अत्याधिक गर्मीका समयमा बढेको लोडसेडिङ्ग, लो–भोल्टेज र अनियमित विद्युत आपूर्तिले जनजीवन कष्टकर बनेको भन्दै उनीहरुले लोडसेडिङ्गको समय घटाएर आपूर्ति सहज बनाउन माग गरेका हुन् ।
१५ दिनअघि ज्ञापन पत्र बुझाए पनि माग वेवास्ता गरेको भन्दै बन्दमा उत्रिएका हुन् । बन्दका कारण परासी बजार ठप्प छ ।
बन्दको पूर्व सन्ध्यामा हिजो स्थानीयले सदरमुकाम परासीमा मशाल जुलुससमेत प्रदर्शन गरे ।जुलुस पछि उनीहरुले विद्युत प्राधीकरणको परासीस्थित वितरण तथा ग्राहक शाखा घेराउ गरेका थिए ।
दैनिक आठ घण्टा लोडसेडिङ्ग गर्ने भनिएपनि प्राधिकरणले १८ घण्टासम्म विद्युत कटौति गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।