कंग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

kangres

असार २०, काठमाडौं – कंग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठकमा संविधानको प्रारम्भीक मस्यौदा र प्रकृयाका विषयमा आन्तरीक छलफल जारी रहने भएको हो । 

बैठकमा सभापति सुशिल कोईराला र शिर्ष नेता शेर बहादुर देउँबाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गत बिहीबार देखि सुरु भएको बैठकमा कांग्रेसभित्र संविधानको पहिलो मस्यौदालाई लिएर विवाद सुरु भएको छ। प्रभावशाली नेतादेखि संविधानसभा सदस्यसमेतले पार्टीको मूलभूत मान्यतालाई मस्यौदाले आत्मसात गर्न नसकेको आरोप लगाएका छन्।

संविधानको प्रस्तावनामा बहुलवाद राख्न नसकेको, लोकतन्त्रको मुल्यलाई आत्मसाथ गर्न नसकेको सभासदहरुको भनाइ थियो । सभासदहरुले मस्यौदा संशोधन गरेर मात्र संविधान जारी गर्न नेतृत्व समक्ष माग गरेको प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताउनुभयो ।