संविधान सभाको बैठक आज पनि

sambidhan shava
असार २०, काठमाडौं – नयाँ संविधानको मस्यौदा माथि छलफल थालेको संविधान सभाको बैठक आज पनि बस्दै छ । विहान ११ बजे नयाँ बानेश्वर संसद भवनमा बस्ने बैठकमा एकीकृत मस्यौदा माथि बाँकी रहेका सभासदले आफ्नो धारणा राख्ने भएका छन् । आज सभासदहरुले मस्यौदामाथि बोल्ने क्रम जारी रहने छ । हरेक सभासदलाई तीन मिनेटका लागि बोल्ने समय उपलब्ध गराइएको छ ।
संविभान सभामा धर्म परिवर्तनको मौलिक हक सम्बन्धी राप्रपा नेपालले गर्दै आएको अवरोध पनि हटेको छ । प्रमुख दलहरु र राप्रपाविच धर्म परिवर्तनलाई मौलिक हकमा नराख्ने सहमति भएपछि दुई दिनयता संविधानसभामा जारी रहेको अवरोध हटेको हो । हमतिसँगै राप्रपा नेपालले अवरोध कार्यलाई फिर्ता लिँदै संविधान लेखनलाई सहयोग गर्ने भएको छ । बैठकमा यही विषयलाई लिएर राप्रपा नेपालले शुक्रबार र सनिबार गरी १० घण्टासम्म सम्म संविधानसभामा नाराबाजी गरिरहेको थियो ।