दीपिका पादुकोण ‘सबभन्दा मन पराइएकी’

काठमाडौँ – फिल्मफेयर म्यागजिनले आफ्ना पाठकहरूमाझ गरेको एउटा सर्वेक्षणले दीपिका पादुकोणलाई सबभन्दा मन पराइएकी बलिउड स्टार देखाएको छ । दीपिकाको लोकप्रियता कतिसम्म देखियो भने उनी ‘बेस्ट एक्ट्ेरस’ र ‘सेक्सिएस्ट एक्ट्रेस’ दुवैमा सबभन्दा अगाडि रहिन् । उनलाई ४४.८ प्रतिशतले बेस्ट एक्ट्रेस ठानेका छन् भने उनीपछि प्रियंका चोपडालाई १९.२ ले । सेक्सिएस्ट एक्ट्रेसमा दीपिकालाई ५०.६ प्रतिशतले रोजेका छन् । यसमा पनि उनीपछि प्रियंका नै छिन्, १७.२ प्रतिशत मतका साथ ।

मन पराइएको जोडीमा पनि शाहरूख खान र काजोल (३६.२ प्रतिशत) अगाडि भए पनि दोस्रो र तेस्रो नम्बरमा दीपिकाकै जोडी परेका छन् । रणवीर कपुर र दीपिकाको जोडीलाई ३२.८ प्रतिशतले र रनवीर सिंह र दीपिकाको जोडीलाई १७.२ प्रतिशतले मन पराएका छन् । यो सर्वेक्षणले अमिताभ बच्चनलाई सबभन्दा लोकप्रिय स्टार देखाएको छ । उनले २९.३ प्रतिशत मत पाएका छन् भने शाहरूख खानले २२ र रणवीर कपुरले १७ प्रतिशत ।
भविष्यकी सुपरस्टारमा भने आलिया भट्ट ठूलो अन्तरले पहिलो स्थानमा छिन् । उनले ७० प्रतिशत मत पाएकी छन् । दोस्रोमा परिनिती चोपडा छिन् । उनले १३.८ प्रतिशत मत पाएकी छन् भने श्रद्धा कपुरले ९.४ । हिरोतर्फ भने वरुण धवनलाई ३४.५ प्रतिशतले भविष्यको सुपरस्टार भनेका छन् । यसमा अर्जुन कपुरले २०.७ र सिद्धार्थ मल्होत्राले १७.२ प्रतिशत मत पाएका छन् । कान्तिपुर दैनिकमा खवर छ । वास्तविक जीवनको सुहाउँदा जोडीमा सैफअली खान र करिनाले २९.३ प्रतिशत, विराट कोहली–अनुष्का शर्माले २२.४, अक्षयकुमार– ट्विंकल खन्नाले १९ र अजय देवगन– काजोलले १५.५ प्रतिशत मत पाएका छन् ।
सेक्सिएस्ट एक्टरमा भने सिद्धार्थ मल्होत्राले सबैलाई पछि पारेका छन् । उनले २९.३ मत पाउँदा ऋत्विक रोशनले २४.१, जोन अब्राहमले १८ र रनवीर कपुरले १६.२ प्रतिशत मत पाए । उत्कृष्ट निर्देशकमा २६ प्रतिशतले करण जौहरलाई मन पराए भने इम्तियाज अलीलाई २०.७, राजकुमार हिरानीलाई १९ र अनुराग कश्यपलाई १३.८ प्रतिशतले मन पराए । हलिउडमा पनि चम्किन सक्ने स्टारमा ३७.९ ले ऋत्विक रोशनलाई ठाने भने २०.७ ले दीपिका पादुकोण र १५.५ ले प्रियंकालाई ठानेका छन् ।