चीनमा शक्तिशाली भूकम्प, ‘४ को मृत्यु, ४८ जना घाइते

असार १८, काठमाडौं – चीनमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । चीनको सिन्जियाङको होतान सहर नजिकै केन्द्रबिन्दू भएर शुक्रबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रबिन्दू १० किलोमिटर गहिराइमा मापन भएको छ ।

होतान सहरबाट १६० किलोमिटर उत्तरपश्चिमलाई केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पका कारण परी कम्तिमा ४ जनाको मृत्यु भएको छ ४८ जना घाइते भएको चिनियाँ समाचार एजेन्सी ‘सिन्ह्वा’ले जनाएको छ ।

अमेरिकी भूगर्भ संस्था (युएसजीएस)ले ६.१ म्याग्निच्यूडको भूकम्प गएको जनाए पनि ‘चाइना अर्थक्वेक नेटवर्क सेन्टर’ले भने यसलाई ६.५ म्याग्निच्यूडको मापन गरेको ‘एएफपी’ले जनाएको छ ।

शक्तिशाली भूकम्पपछि सो आसपास क्षेत्रमा अरु स–साना धक्का पनि महसुस भएका छन् ।