नेपाली म्यूजिक भिडियोमा भारतीय मोडल

असार, काठमाडौं – नवोदित गायक श्याम कार्कीले आवाज दिएको ‘सकिन यो मनलाई ढाँट्न’को म्यूजिक भिडियो केहीअघि सार्वजनिक भएको छ ।

कार्कीको पहिलो एल्बम ‘दुई हजार पन्ध्र’ (२०१५) संग्रहित यस गीतमा राम सिटौलाको शब्द, संगीत रहेको छ । म्यूजिक भिडियोमा भारतीय मोडल रोशनीको अभिनय रहेको छ ।

विभिन्न पन्जाबी, हरियाणी गीत तथा टेलिश्रृंखलाहरुमा अभिनय गरेकी रोशनी ‘सकिन यो मनलाई ढाँट्न’मार्फत् पहिलोपल्ट नेपाली भिडियोमा देखिएकी हुन् । रोशनीसँगै भिडियोमा गायक स्वयंले अभिनय गरेका छन् ।

विभोर पोखरेलको निर्देशन रहेको भिडियोमा जीवन थापाको सम्पादन रहेको छ । गायकका रुपमा उदाउनुअघि कार्की मोडलका रुपमा केही नेपाली म्यूजिक भिडियोमा देखिएका थिए ।

भिडियो हेर्नुस