पुर्वी क्षेत्रलाई केन्द्र विन्दु बनाएर पनि पुनं भुकम्प

असार १३, काठमाण्डौ – नेपालको मध्य क्षेत्रलाई केन्द्र विन्दु बनाएर ठुलो भुकम्प गएको दुई महिना पछि नेपालको पुर्वी क्षेत्रलाई केन्द्र विन्दु बनाएर पनि पुनं भुकम्प गएको छ । आइतबार बिहान ७ बजेर ५ मिनेटमा नेपालको पूर्वी भागमा भूकम्पको धक्का महशुस गरिएको हो । भारतको आसाम र भूटानको थिम्पु केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्रा्ष्टिय भूकम्प मापन केन्द्रले जनाएका छन् ।

वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो भने स—साना पराकम्प आउँने क्रम अझै जारी रहेको छ ।