शान्तिका लागि आज वृहत् कार्यक्रमको आयोजना हुदै

असार १२ , काठमाडौँ – विनाशकारी भूकम्पमा परी मृत्यु भएकाहरुको दिवंगत आत्माहरुको सम्मान र शान्तिका लागि आज वृहत् कार्यक्रमको आयोजना हुदै छ ।

विनाशकारी भूकम्प गएकै दिन र समय पारेर ’एक दिवंगत आत्मा सम्मान गर्दै एक बेलुन हातमा’ भन्ने नराका काथ कार्यक्रमको आयोजना हुने भएको हो । आज ११.५६ बजे भूकम्पबाट क्षतिग्रस्त बशन्तपुर दरबार क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा करिब नौ हजार बेलुन एक साथ उडाइने छ ।
वैशाख १२ गते शनिबार ११.५६ बजे गएको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पमा परी साढे आठ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। भूकम्पमा दिवंगत आत्माहरुको सम्झना तथा सम्मानका लागि यस्तो वृहत् सहभागितासहित पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा राजनीति, प्रशासन, न्याय, सुरक्षालगायतका विभिन्न क्षेत्रका विशिष्ट अधिकारी, कलाकार, खेलाडी, व्यवसायी, नागरिक समाज, पेसाकर्मी तथा सर्वसाधरणको व्यापक सहभागिता रहने छ। कार्यक्रममा विभिन्न धार्मिक व्यक्तित्वहरुको विशेष उपस्थिति रहने छ ।