एस.एल.सी उत्तीर्ण थामी विद्यार्थी सम्मानित

असार १३, काठमाण्डौ – नेपाल थामी विद्यार्थी संघद्धारा आयोजित एसएलसी उतीर्ण थामी विद्यार्थीहरुलाई सम्मान तथा संघिय शिक्षा प्रणालीमा विषयमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सु–सम्पन्न भएको छ ।

काठमाण्डौ स्थित नेपाल आदिवासी जनजाति महासंघको हलमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघका बरिष्ठ उपाध्यक्ष भरत याक्खाले गर्नुभएको थियो, अन्य विशिष्ट अतिथिहरुमा नेपाल थामी समाजका महासचिव सुकबिर थामी, प्रशिक्षकद्धय अमृत योञ्जन, संघिय समाजवादी नेपाल फोरम पार्टीका सदस्य आङकाजी शेर्पा, नेपाल थामी युवा संघका अध्यक्ष बिकेश थामी, नेपाल थामी जिल्ला कमिटीका उपाध्यक्ष रत्न थामी, जनजाती पत्रकार पत्रकार टहल थामी लगायत विशिष्ट व्यतिmत्वहरुको सहभागितामा सम्पन्न भएको छ ।

नेपाल थामी विद्यार्थी संघको उक्त कार्यक्रममा विशिष्ट श्रेणी,प्रथम श्रेणी,द्धितीय श्रेणीमा उतीर्ण विभिन्न जिल्लाका थामी विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भरत याक्खाले नेपाल थामी विद्यार्थी संघले गरेको यस्तो सम्मान अति नै शरहणीय भएको जनाउदै शैक्षिक क्षेत्र र राजनितिक क्षेत्रको परिवर्तन र एकताको भावना विद्यार्थीको आवश्यकता रहेको औल्याउनुभयो । त्यस्तै संघिय समाजवादी फोरम नेपालका पार्टीका सदस्य एवम् प्रशिक्षकद्धय आङकाजी शेर्पाले संघिय शिक्षा प्रणालीमा आदिवासी थामी विद्यार्थीहरुको मौलिक हक अधिकार हुनुपर्ने जोड दिदै खस भाषामा पाठ्यपुस्तक लागु हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति सपना थामीले नेपाल थामी विद्यार्थी संघको स्थापना भएदेखि नै एसएलसी उतीर्ण थामी विद्याथीहरुलाई सम्मान गरेको बताउदै कार्यक्रममा विभिन्न संघसंस्थाबाट पाल्नुहुने राजनितिक दलका बुद्धिजिवी,समाजसेवीप्रति धन्यबाद कृतज्ञता प्रकट गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।