मस्यौदामा माथि आज छलफल हुने

असार १२ , काठमाडौँ – संविधान मस्यौदा कार्यदलले तयार गरेको संविधानको प्रारम्भिक मस्यौदा माथि आज छलफल हुने भएको छ । कृष्ण प्रसाद सिटौला संयोजक रहेको कार्यदलले तयार गरेको मस्यौदा माथि आज दिउँसो १ बजे बस्ने समितीको बैठकमा छलफल हुने भएको हो ।

कार्यदलले तयार गरेको मस्यौदा संविधानसभा मस्यौदा समितिको राति अबेर बसेको बैठकमा पेस गरिएको थियो । उक्त मस्यौदा समितिका सदस्यलाई अध्ययनका लागि वितरण गरिएको र मस्यौदामाथि केन्द्रित रहेर समितिको बैठकमा छलफल हुने भएको हो ।
दुई दिनको छलफलमा उठेका संविधानमा नसमेटी नहुने विषयलाई समावेश गरेर समितिले प्रारम्भिक मस्यौदाको प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ ।
मस्यौदालाई अन्तिम रुप दिएपछि समितिका सभापतिले संविधानसभामा छलफलका लागि सभामुखलाई बुझाउनु हुनेछ । सो प्रतिवेदन यही असार १४ गते बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ ।
प्रारम्भिक मस्यौदामा २९६ धारा ३७ भाग र सात अनुसूची रहेको बुझिएको छ । प्रमुख चार दलबीच सहमति भएको १६ बुँदे सहमतिको भावनालाई समेटेर प्रारम्भिक मस्यौदा तयार गरिएको हो ।