आयोजक चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

असार १० , काठमाडौँ – आयोजक चिली कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा चिलीले ९ खेलाडीमा सिमित भएको उरुग्वेलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोल हुन नसकेपनि ८१ औं मिनेटमा मरिसियो इस्लाले गोल गर्दै चिलीलाई १–० को जित दिलाए । खलेको ६३ औं मिनेटमा चिलीका ग्वन्जालो जारालाई हिर्काएपछि एडनसन काभानी दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो । ८१ औं मिनेटमा इस्लाले गोल गर्दै चिलीलाई अग्रता दिलाए । ८८ औं मिनेटमा जोर्ज फ्युसिले रातो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि उरुग्वे ९ खेलाडीमा सिमित भएको थियो । चिलीले अब सेमिफाइनलमा पेरु र बोलिभियाबीच हुने क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।