असार २१ गतेदेखि फ्रि भिसा र फ्रि टिकट

असार १० , काठमाडौँ – खाडीका ६ देश र मलेसियामा असार २१ गतेदेखि फ्रि भिसा र फ्रि टिकटको व्यवस्था लागू हुने भएको छ । व्यवसायीको दबाबका बाबजुद श्रम तथा रोजगार मन्त्रालयले यस्तो व्यवस्था लागू गर्न लागेको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार २१ गतेदेखि बहराइन, कतार, साउदी अरब, यूएई, ओमान, कुवेत र मलेसियामा निःशुल्क भिषा र टिकट अनिवार्य गरिएको छ ।
अब मेनपावर कम्पनीले १० हजार मात्रै लिनपर्नेछ । वैदेशिक रोजगार ब्यवसायीले यो निर्णयबाट माग घट्ने भन्दै प्रधानमन्त्री सुशील कोइरालालगायत शीर्ष नेतासँग निर्णय फिर्ताको लविङ गरिरहेका छन् ।